स्याहार कर्मीको स्याहार कसले गर्ने?
न्युयोर्क शहरको एक शेर्पा नर्सको कोभिड-१९ डायरी
एउटी महिला कोठामा एक्लै पल्टीनु भएको छ। ज्वरो, खोकी र सास फेर्न कठिनाई भएको उनी आफ्नो कोठामा सुत्न बाहेक अरु केहि गर्न सक्नु हुन्न। खाना त खानुहुन्छ तर स्वाद भने पाउनु हुन्न। बाथरूम जाँदा सधैँ आफै जान सक्नुहुन्न, हरेक चोटी बाथरूम गए पछी मास्क र पन्जा लगाएर उनी पूरा कोठालाई कीट्नाशकले सफा गर्नुहुन्छ। उनीलाई हिंड्दा र निहुरिदा पनि कष्ठ हुन्छ। हरेक साँझ स्वास्थ्यकर्मीलाई कृतज्ञता व्यक्त गर्न स्टीलको प्लेटलाई चम्चाले हानी बजाउनुहुन्छ। आफ्नो जीवन बारे सोच्नुहुन्छ, आफू भाग्यशाली भएको चाहिँ महसुस गर्नुहुन्छ। यो सुरु भएको २७ दिन भइसक्यो।
“हेल्लो, नमस्ते, म ल्हाक्पा डोल्मा शेर्पा।” धेरै जसो अडियो डायरी यसरीनै सुरू हुन्छन्। क्वारेन्टाइनको एक्लोपनामा फोनमा सुनिने त्यो उत्साहित आवाजमा बोलिएको नेपाली वाक्यले सबै श्रोतालाई स्वागत गर्दछ। दिनदिनै ल्हाक्पाले आफ्नो कोभिड-१९ सितको संघर्षलाई रेकर्ड गर्नु हुन्छ, जुन विश्वभरिका लाखौं मानिससँग मेल खान्छ। ल्हाक्पाको अनुभव व्यक्तिगत मात्र नभई महामारीको “केन्द्रबिन्दुको पनि केन्द्रबिन्दु” भनिने न्युयोर्क शहरमा कार्यारत एउटी नर्सको काम गर्ने सिल्सिलामा सरेको रोग र नेपालबाट आएका शेर्पा आप्रवासी समुदायको अनुभवलाई पनि दर्शाउन्छ।
ल्हाक्पाको डायरीले महामारीको प्रभाव बढ्दै गरेको क्रममा अमेरिकामा रहेका प्राय महिला र आप्रवासी स्याहार कर्मी स्वयमका स्वास्थ्यको राम्रो देखभाल नभएको संकेत दिन्छ। ठूला संस्थागत असफलताको बीचमा न्युयोर्कको क्विन्समा रहेका बढ्दो तर अदृश्य हिमालय समुदायले प्रदान गरेको पारिवारिक र साम्प्रदायिक सहयोगले ल्हाक्पा जस्ता स्याहार कर्मीलाई आफ्नो काम गर्नु विशेष टेवा पुगेको छ।
अप्रिल २०२० सम्म, संसारकै चौबाटो न्युयोर्क विश्वकै सबै भन्दा बढी कोभिड-१९ बाट प्रभावित शहर भइसकेको थियो। धेरैको त परीक्षण नै हुन सकेन, तर परीक्षण भएको खण्डमा आधा भन्दा बढी परिणाम पोजिटिभ हुन्थ्यो। न्युयोर्क शहरमा दैनिक औसत ५००० नयाँ केसहरु र ५०० जनाको मृत्यु हुन थाल्यो। सबै अनावश्यक व्यवसाय बन्द भएका कारण, सयौँ हजारौँ मानिस बेरोजगार पनि भए। सेन्ट्रल क्वीन्सको आप्रवासी समुदायमा प्राय आवश्यक क्षेत्रमा कार्यरत कर्मचारी भएकाले, संकुलित बसोबासमा रहेकाले र अंतर्निहित असमानता जस्ता कठिनाईकै कारण कोभिड-१९ को बढी प्रभाव त्यहाँ दुःखदायी रूपमा देखियो। यी समुदायहरूको सेवा गर्दै आएको एल्महर्स्ट अस्पतालमा कोभिड-१९ को केस आकस्मिक रुपमा उक्लिनु थाले पछी सो अस्पताल यस संकटको केन्द्र बिन्दु बन्न पुग्यो।
A woman lies alone in a room. The fever, the coughing, the struggle to breathe. Sometimes all she can do is sleep. She eats but cannot taste. She goes to the bathroom, not always able to make it on her own, masking and gloving up and then disinfecting the entire room after each visit. Walking, even bending her body, is painful. Every evening, she bangs a spoon on a metal plate in gratitude. She thinks about her life, how fortunate she is. It has been 27 days.
“Hello, Namaste, this is Lhakpa Dolma Sherpa.” Most of the audio diaries begin this way, a bright voice speaking in Nepali into a phone in the solitude of quarantine, but welcoming listeners everywhere. Day after day, Lhakpa records her personal ordeal with COVID-19, broadly in common with millions around the world, but also her particular experience as a nurse, a Sherpa immigrant from Nepal, working and falling sick at “the epicenter of the epicenter” of the pandemic in New York City.
Lhakpa’s diaries suggest that care workers, many of them women and immigrants in the United States, were themselves poorly cared for as the virus hit and its impacts advanced. Amidst larger institutional failings, familial and communal support—in Lhakpa’s case, from the growing, yet often invisible, Himalayan community in Queens—play an essential role in enabling care workers to continue caring for everyone else.
By April 2020, no place on earth was more affected by the virus than New York, a crossroads of the world. Many could not get tested at all, but over half of all tests were coming back positive. The city averaged 5,000 new cases and 500 deaths per day. With all non-essential businesses shut down, hundreds of thousands were out of work. Disproportionately and tragically impacted were the immigrant neighborhoods of central Queens, due to their high numbers of essential workers, overcrowded housing, and other entrenched inequities. Elmhurst Hospital, which serves these communities, was the focal point of this crisis, facing a dramatic surge in cases.
अप्रिल ३ को दिन एल्महर्स्ट अस्पतालमा ल्हाक्पाले आफ्नो शिफ्टकै बेला भाइरसको पहिलो लक्षण चाल पाउनुभयो। उनीले २०२० को शुरुवातमा मात्र त्यहाँ काम गर्न थाल्नुभएको थियो। “कुनै पनि नयाँ ठाउँमा काम गर्न जाँदा केहि न केहि कुराको डर त लागिहाल्छ,” भन्दै उनीले अप्रिल १६ मा आफ्नो डायरीमा रेकर्ड गर्नुभयो तर त्यसबेला एल्महर्स्ट अस्पताल को आगामी खतराबारे उनि अज्ञात थिए। हिमालय समुदायबाट अमेरिका आउनु हुने धेरै महिला झैँ ल्हाक्पाले पनि नर्स जस्तो इम्मान्दार पेशा रोजेर आफ्नो आर्थिक स्थिरता हासिल गर्ने निधो गर्नु भयो। “यस्तो परिस्थिति हाम्रो जीवनमा आउनेछ भनेर हामीले कल्पना पनि गरेनौं,” उनिले अप्रिल १७ मा रेकर्ड गर्नु भयो।
आफ्नो महामारीको अनुभव रेकर्ड गर्ने ल्हाक्पा एक्लै भने थिएनन्। रेकर्ड गर्ने अरु मध्य एउटा अम्ची (तिब्बती चिकित्सक) दुर्गम क्षेत्रको बिरामीका उपचारको समन्वय मिलाउँथे, एक भुटानी मूलकी प्रारम्भिक बालविकास विशेषज्ञ आफ्नो बच्चा हुर्काउन संघर्ष गर्दै थिए भने अर्को सहभागी महामारीको चरमस्थितिमा पहिलो पटक सुत्केरी हुनुभएको मुस्ताङकी एक आमा पनि हुनुहुन्थ्यो। नवाङ् गुरुङले समन्वय गर्नु भएको यस परियोजनामा आफु जस्तै न्युयोर्कस्थित हिमालयन समुदायबाटै विविध अनुभव बोकेका १० व्यक्तिबाट दैनिक १० मिनेट लामो अडियो डायरी रेकर्ड गरीयो। सो परियोजनाका सहभागिले चिन, नेपाल र भुटानका भोट संग नजिक क्षेत्रका सात वटा भाषामा आफ्नो मन्तव्य राखे र २०२० को अप्रिल देखि जूनको मसान्त सम्म न्युयोर्कमा कोरोना भाइरसको प्रभाव उच्च रहेको अवधिमा कुल ४०० भन्दा बढी रेकर्डिङ गरियो। ती डायरी उनिका लागि एक कठिन घडीमा सानो राहत झैँ थियो। रेकर्डिङहरु उनिका लागि एउटा आयको स्रोत, दैनिक अभ्यास, र अनुभव साझा गर्ने अवसर पनि रह्यो।
डायरी बनाउने सबैको भिन्न परिस्थिति र अनुभवले विश्वव्यापी हिमालय प्रवासीको महत्वपूर्ण केन्द्र रहेको न्युयोर्क शहरमा देखिने विविधताको झल्को दिन्छ। हाम्रो टोली द्वारा निर्मित न्युयोर्कमा बोलिने भाषाको नक्शामा देखाइएझैं नेपाल र हिमालयका लगभग सबै भाषा र संस्कृतिको अब न्युयोर्कमा प्रतिनिधित्व छ। पछिल्ला केही दशकमा हिमालय क्षेत्रका हजारौं मानिस आएर प्राय न्युयोर्कको क्वीन्समा बसोबास गर्दै आएका छन्। धेरै जसो रेष्टुरेन्ट, निर्माण क्षेत्र, ड्राइभिङ्, शिशुपालन र स्वास्थ्य सेवामा पेशागत छन्। न्युयोर्कमा जरा फैलाईरहेका हिमालय समुदायको अवाज उठाउन विगत पाँच वर्षदेखि हाम्रो अनुसन्धान टोलीका भाषाविद, मानवशास्त्री र सो समुदायकै सदस्यहरु कार्यरत छन्। “भोइसेस अफ द हिमालय” भन्ने एउटा भिडियो कथा परियोजनाले एक दर्जन भाषामा मौखिक इतिहास अन्तर्वार्ता रेकर्ड गरेको छ। सो परियोजनाले आप्रवासी अनुभवको सुख र दुःख तथा भाषा र सांस्कृतिको हस्तान्तरणमा आई पर्ने चुनौती पनि इतिवृत गरेको छ। त्यसै गरि “सोङस् एण्ड सिङर्स अफ द हिमालय” परियोजनाले हिमालय समुदायका सङ्गीत, गायक तथा मौखिक परम्परामा केन्द्रित भई अमेरिका सम्म पुगेका सो क्षेत्रका साङ्गीतिक संस्कृतिको विविधता र रूपान्तरण दर्शाउन सफल भयो।
On April 3, Lhakpa was on her shift at Elmhurst hospital when she felt the first symptoms of the virus. She had only started working there at the beginning of 2020, and as she recorded in her diary on April 16, “there is always something to fear when you go to work in any new place,” although there was no way to know how dangerous Elmhurst would become. Like many women from the Himalaya coming to the United States, Lhakpa had chosen nursing as a path to achieving economic stability while doing good. “We never imagined such a situation would occur in our lives,” she stated in her April 17 recording.
Lhakpa was not the only person recording her pandemic experience. Others included an amchi (Tibetan doctor) coordinating treatments for far-flung patients, an early childhood specialist originally from Bhutan struggling to raise her own kids, and a first-time mother from Mustang in Nepal who gave birth at the height of the pandemic. In a project coordinated by Nawang Gurung, himself a Himalayan New Yorker, daily 10-minute audio-diaries were commissioned from 10 Himalayan New Yorkers from all walks of life, speaking seven languages from across Tibetan areas of China, Nepal, and Bhutan. Together, they produced over 400 entries from the beginning of April through the end of June 2020, the peak period of the virus in New York. For all of them, the diaries represented a small lifeline in a dark time: a source of income, a daily practice, and a chance to share their experiences with a wider community.
The diarists’ many backgrounds and experiences only begin to suggest the diversity of Himalayan New York, an increasingly important hub in what is now a global diaspora. As shown on the new Languages of New York map produced by our team, nearly the full spectrum of languages and cultures from Nepal and the Himalaya are now represented in the city. In the last few decades, tens of thousands of people have arrived from the region and settled above all in Queens, finding work in restaurants, construction, driving, childcare, and healthcare, among other areas. For the last five years, our collaborative research team of linguists, anthropologists, and community members has been working to give visibility to this community in the making. “Voices of the Himalaya”, a video storytelling project, recorded oral history interviews in a dozen languages and documented “the joy and suffering” of immigrant experience, as well as the challenges of linguistic and cultural transmission. The “Songs and Singers of the Himalaya” project focused on vocal traditions in the community, testifying to just how much Himalayan musical culture in its many forms has come to America, and is being transformed in the process.
ल्हाक्पा क्वारेन्टाइनमा १३ दिन बसे पछी आफ्नो डायरी सुरु गर्नु भयो। मन र शरिरको कष्ठ सहँदै उनीलाई कुनै प्रकारको जोखिम लिनु छैन। छोरीले बुबा हेर्नु पर्ने उमेरमा उल्टै आफ्नो उमेर ढल्किसकेका बुबालेनै ल्हाक्पाको स्याहारमा विशेष भूमिका खेल्नु भयो। “म जवान भएकोले मलाई सधैं जे पनि गर्न सक्छु जस्तो लाग्थ्यो,” ल्हाक्पाले अप्रिल २० मा भन्नु भयो, “तर अहिले मेरो बुबाले मेरो हेरचाह गर्नुपर्ने अवस्था छ, आफै केहि गर्न सक्दिन, म असहाय महसुस गर्छु।” उनी आफ्नो बुवा प्रति आभारी हुनुहुन्छ। हरेक बिहान ढोकासम्मै कागती वा बेसार पानीले भरेको थर्मस ल्याइदिनु भयो। नास्ताको लागि कहिले सेकेको पाउरोटी र अण्डा थियो भने कहिलै हल्का गुलियो जौं को साम्पा, स्वाद फर्किनु लागे पछि दाल भात तरकारीको आफ्नै मौलिक मजा। १२ दिनमै ७ किलो घटेपछि उनी दुई छाक भात खानु थाल्नु भयो।
शारीरिक रूपमा अलगिए पनि, परिवारसंग भिडियो कल गरी सम्पर्कमा रहन एउटा दैनिक आवश्यकता बन्न पुग्यो। कोभिडको प्रकोप सुरु हुन अघि ल्हाक्पाको आमा र बहिनी परिवार भेट्न क्यालिफोर्निया गए अनि यात्राको क्रममा संक्रमण हुने जोखिमले गर्दा त्यतै बस्न बाध्य भए। इन्स्टाग्राम मार्फत आफन्त संग ग्रुप कल गर्दा हरेक बिहान एक-दुई घण्टा जान्छ। ल्हाक्पा जस्तै एल्महर्स्ट अस्पतालमा हिमालय मुलका नर्स रहेका उनको दुइ मिल्ने साथी डेचेन र छोइङ सँग पनि दिदिबहिनि सरह कुरा गर्दा मन हल्का हुन्छ। कुराकै क्रममा पीपीई लगाउने र फुकाल्ने तरिका, अस्पतालको कोभीड वार्डमा काम गर्ने अनुभव जस्ता सान्दर्भिक विषयमा पनि सल्लाह सटिन्छ। न्युयोर्कमा काम गर्नु हुने प्राय एल्महर्स्टकै सयौं अन्य हिमालय क्षेत्रका नर्स यस्तै कुराकानी गरिराख्नु भएका छन्।
When her diaries begin, Lhakpa has already been in quarantine for 13 days. She is still suffering, emotionally as well as physically, and she isn’t taking any chances. Crucial to her care is her elderly father, in a marked intergenerational role reversal: “I always felt that I could do anything because I’m young,” says Lhakpa on April 20, “but since I am trapped in such a situation where my father is taking care of me and I am unable to do anything, I feel helpless.” She is grateful for the thermos of hot water with lemon or turmeric he brings to her door every morning, the breakfasts of toast and eggs, or tsampa (roasted barley flour) with a touch of sugar, not to mention a classic dinner of Nepali dal bhat tarkari (lentils, rice, and vegetable curry) when her sense of taste returns. She eats two servings, after losing 15 pounds in 12 days.
Despite physical isolation, the family stays in close contact, with video calls becoming a daily necessity. Lhakpa’s mother and younger sister had been in California visiting family when COVID broke out, and they stayed on, given the danger of traveling. Group calls through Instagram last an hour or two every morning, not to mention time talking to other relatives. Calls with two close friends, Dechen and Choying, also Himalayan nurses at Elmhurst, combine emotional catharsis (“we became like three sisters”) with practical advice (about donning and doffing PPE, or working a COVID floor at the hospital). Hundreds of other Himalayan nurses across New York, many at Elmhurst, are having similar conversations.
हरेक बिहान भने ल्हाक्पालाई एल्महर्स्ट “ओ एस एच” (व्यावसायिक सुरक्षा र स्वास्थ्य) का कर्मचारीले उनको हालखबर बुझ्न कल गर्छन्। भाइरसबाट संक्रमित भएको दुई हप्तामा ल्हाक्पालाई पिठ्युमा तिव्र दुखाईको महसुस भइरहेको छ। यो दुखाइ दुई वर्ष अघि सुरु भएको हो। सम्भवतः नर्सिङ होममा काम गर्दा सुरु भएको त्यो दुखाइ एक्स-रे गराएर भिटामिन बी-१२ को सुई लगाए पछि कम भएको थियो। अहिले क्वारंटाइनमा बस्ने बेला उनको त्यो दुखाई बल्झेर फर्कियो। पटक पटक ल्हाक्पाले एउटा स्याहार कर्मीको अनुभवको आख्यान गर्न विशेष र अर्थपूर्ण भाषाको प्रयोग गर्नुहुन्छ। नेपाल र न्युयोर्क दुवैमा बोलिने नेपाली भाषामा अंग्रेजीका प्रशस्त उधारो र मिसावटि शब्द छन्। ल्हाक्पाले केहि अपूर्णता साथ प्रयोग गर्ने शब्दहरुले बोकेका श्रेणी र विचार धारणाले सोको अमेरिकी अथवा नेपाली उत्पत्ति दर्शाउन्छ। शेर्पा समुदायबाट अरु कोहि भएको भए शेर्पा वा तिब्बती शब्द छनोट गर्नु हुन्थ्यो होला। ल्हाक्पाले आफ्नो अनुभव व्यक्त गर्दा एउटा अमेरिकी जनस्वास्थ्य सेवामा कार्यरत नर्सको हैसियत राखी सो पेशामा बोललिने चलन चल्तीको भाषा पर्याप्त प्रयोग गर्नु हुन्छ। नेपलीमा बोल्दा पनि उनीले आफु कसरि “ इन्फेक्टेड” हुनु भयो, “टेस्ट पोजिटिभ” आएको, ” लोवर ब्याक पेन” भएको, के कस्ता “प्रिकशन्स” अपनाईरहनु भएको तथा “क्वारन्टाइन” मा बसेको बेला कसरि “आइसोलेशन” अनुभव गर्नु भयो भनेर बुझाउनु हुन्छ। यस्ता शब्दको एउटा भाषाबाट अर्को भाषामा साटासाट हुँदा सो शब्दले संकेत गर्ने रोगका कारण र रोग प्रति हुने बिभिन्न धारणालाई कति असर पार्छ? त्यस्तै गरी, छनौट गरिएको भाषिक माध्यमले कति हदसम्म बोलिने सन्देशको विषय वस्तु र दृष्टिकोणलाई असर गर्छ? ल्हाक्पा र अरु सहभागीका कोभिड-१९ डायरीबाट यस्ता विभिन्न अनुसन्धानात्मक प्रश्नहरु उदय हुन्छन्।
ल्हाक्पालाई प्राथमिक स्वास्थ्य चिकित्सक भेट्न गाह्रो परेपछि, उनी “पीसीपी अनलाइन सर्विस” गुगल गरेर आफ्नो ढाडको समस्यालाई डाक्टर संग अपोइन्टमेन्ट लिनुभयो। डाक्टरलाई अनलाइन भेटे पश्चात मात्र ल्हाक्पाले त्यहाँ आफुसंग भएको स्वास्थ्य बीमा मानिदैन भनेर थाहा पाउनुभयो। त्यो डाक्टरको सेवा महँगो, अस्पष्ट र सम्भवतः ठगि जस्तो देखियो। दुई दिन पछि आफ्नो शक्ति आजमाउनु र अति आवश्यक औषधि लिन उनी आफ्नो कोठाबाट बाहिर निस्किनु भयो। सामान्यतया १० मिनेटमा हिंडेर पुगिने दूरी उनीको कमजोरीले गर्दा आज ४० मिनेट लाग्यो। फार्मसी पुग्दा भित्र पस्न १५ मिनेट पर्खिनु पर्यो, त्यहाँ त उनीको औषधि मगाइएको पनि थिएन रहेछ।
अप्रिल २१ मा ल्हाक्पाले भन्नु हुन्छ “मेरो परिवार र मैले घरमै समाधान खोज्नु पर्छ किनभने म थेरापी जान सक्दिन र अनलाईन सेवा धेरै महँगो छ। थेरापी गर्नेले उच्च शुल्क लिनु नराम्रो होइन तर मैले त्यो शुल्क तिर्न सक्दिन … अहिले म घरमा आफ्नो शरीर र मनको थेरापी आफैं गर्दैछु।” उनको थेरापीका भिन्न विधिमध्ये: पिठ्युमा टाइगर बाल्म मल्ने, कम्मरमा शायद शरीरको सहारालाई रुमाल कस्ने, खुट्टा तातो नुन पानीमा डुबाएर मालिश गर्ने, ध्यान गर्ने, मनका कुरा पोख्न रुने, र दार्जीलिंगका चर्चित युवा गायक यांकी योल्मोका नेपाली गीत पनि सुन्नु हुन्छ।
“हाम्रो समुदायका सदस्यहरु प्राय बिरामी पर्दा कुरा मनमनै राख्छन्,” ल्हाक्पाले अप्रिल २३ मा भन्नु हुन्छ, “तर आफ्नो कुरा नडराई सबैसंग बाँडदा म र मेरो परिवारलाई सहयोग पाउन कति सजिले हुन्छ भनेर सिकें। मलाई साच्चीनै राम्रो लाग्यो। मैले फेसबुकमा आफुले रेकर्ड गरेको भिडियो शेयर गर्दा मलाई संसारभरी बस्नु हुने साथीबाट सन्देश र कल आउन थाल्यो। उहाँहरू मेरोबारे चिन्तित थिए र मलाई मद्दत गर्न खोजिरहेका थिए।” न्युयोर्क क्षेत्रका हजारौं शेर्पाहरूको प्रतिनिधित्व गर्ने संस्था शेर्पा कीडुगले ल्हाक्पाको बुबालाई उनको स्थिति बुझ्न र सहयोग दिन फोन गर्छ। महामारीको त्यस खण्डमा मूल्यवान भएका सेनिटाइजर, पन्जा र मास्क जस्ता वस्तुहरू कीडुगका सदस्यले घरसम्मै पुर्याइदिनु भयो। ल्हाक्पालाई आवश्यक परेको बेला मनाङ्गी समुदाय प्रतिनिधित्व गर्ने ग्यालसुम्दो सेवा संस्थाले उनीलाई थर्मामीटर पुर्याइदिनु भयो। अरूले भने किराना सामान ल्याइदिनछन्। यो सहयोग तर ल्हाक्पाको लागि मात्र होइन। शेर्पा कीडुग र अन्य समुदायिक संगठनले, कहिले काहीं स्थानीय सरकारसँग समन्वय गरि, खाना, उपकरण र जानकारी प्रदान गरेर बिभिन्न तरीकाले सहयोग पुर्याइराखेका छन्।
Every morning a different kind of call comes from the “OSH” (Occupational Safety and Health) staff at Elmhurst, checking on how Lhakpa is doing. Two weeks in, the virus is running its course, but Lhakpa is dealing with intense lower back pain. The pain started two years ago, likely through a nursing home job, and eased after an X-ray and a vitamin B-12 injection, only to flare up again under quarantine. Here and elsewhere, Lhakpa makes particular and telling language choices in how she narrates her healthcare experiences. While Nepali, as spoken both in Nepal and New York, is replete with English loan words and code-mixing, the vocabulary she uses traces, albeit imperfectly, categories and concepts to their origins in either the US or Nepal. Others in the Sherpa community might have selected Sherpa or Tibetan terms. As a working nurse immersed in the language of American public health, Lhakpa draws liberally from English terminology in her Nepali narrative, describing how she was “infected”, “tested positive”, had “lower back pain”, took “precautions”, and experienced “isolation” during “quarantine”. To what extent do etiologies and attitudes flow together with such words across languages? Similarly, to what extent does the chosen linguistic medium affect the content and perspective of the message? These are just a few of the research questions that emerge from the COVID-19 diaries of Lhakpa and others.
When Lhakpa finds primary care physicians hard to reach, she Googles “PCP online services” (in English) and makes an appointment for her back pain. Only after the session does she find out that the doctor does not accept insurance, and that his services are expensive, not clearly explained, and possibly fraudulent. Two days later, she finally ventures out of the apartment, both to test her strength and to pick up an important prescription. What is normally a 10-minute walk takes her 40, given how weak she still is, and then a 15-minute wait to be allowed into the pharmacy—only to find that her medicine hasn’t even been called in.
“My family and I have to find solutions at home because I can’t go to physical therapy and online therapy is very expensive. I am not saying it’s bad for therapists to charge a high amount. I’m just unable to afford it myself…Now I am doing home therapy by myself, and also emotional therapy,” Lhakpa reports on April 21. Among the forms of therapy: rubbing tiger balm on her back, wrapping a scarf around her waist (presumably for physical support), massaging her legs after soaking them in hot salt water, as well as meditating, releasing emotions by crying, and listening to Nepali songs sung by the likes of Yankee Yolmo, a popular young singer from Darjeeling.
“Usually, the people in our community stay silent when they face illness,” says Lhakpa on April 23, “but I learned that sharing openly made so much help accessible to me and my family. I really felt good. After I posted a clip on Facebook, I got messages and calls from my friends all over the world saying that they were worried and trying to help me.” The Sherpa Kyidug, an organization representing thousands of ethnic Sherpas in the New York area, calls Lhakpa’s father to ask how she’s doing, and offer help. Kyidug members drop off hand sanitizer, gloves, and masks—all valuable commodities at that point in the pandemic. The Gyalsumdo Sewa Sanstha, representing community members from Manang, Nepal, sends Lhakpa a thermometer when she needs it most. Others drop off groceries. Nor is the help just for Lhakpa—the Sherpa Kyidug and other community organizations, sometimes working with local government, support in innumerable ways with food, equipment, and information.
डर हुँदा र अनिश्चित समयमा लांछन लाग्ने सम्भावना बढी हुन्छ। कोभिड रोगको निदान सम्बन्धि खोलेर कुरा गर्नुको चुनौतीबारे आफ्नो डायरीमा कुरा गर्ने ल्हाक्पा भने एक्लै थिएन। हाम्रो डायरीको संग्रह र सामुदायिक अगुवा सँगको अन्तर्वार्ताले तीव्र गतिमा परिवर्तन भइरहेको नोभेल कोरोना भाइरसको ज्ञान लगायत भाषा र अनुवादका चुनौती, रोजगारी गुमाउने चिन्ता, र न्युयोर्कमा भएका साथी भाइलाई चिन्तित नपार्ने चाहनाले सो भाइरसको असर सम्बन्धि मौनता बढाउने देखायो। ल्हाक्पा पश्चिमी चिकित्साशास्त्र मा प्रशिक्षण प्राप्त नर्स भए पनि बिमारीलाई सांस्कृतिक हिसाबमा कसरि हेरिन्छ भनेर पनि बुझ्नुहुन्छ। दुर्भाग्यलाई बुझाउने हिमालय समुदायको सांस्कृतिक ढाँचामा कहिलेकाँही रोगको बारेमा विशेष गरी गफ वा अफवाहको रूपमा कुरा गर्दा आफु र आफन्तलाई हानि तथा जोखिम पुग्ला भन्ने बुझाइ छ। कठिन समयमा आफन्त र नातेदारले समुदायमा माया र भावना लिएर स्याहार प्रस्ताव गर्दा सामाजिक सुरक्षाको एउटा संजाल र सामुदायिक सद्भाव सृजित हुन्छन् तर साथसाथै सो बुझाई भने कायम नै रहन्छ। ल्हाक्पाले बहादुरी देखाइ सामाजिक संजालमा आफ्नो बिमारीको बारेमा बोल्न चाहानु भयो र उनीको समुदायले प्रतिक्रियामा समर्थन र सहयोग दियो। सो कुराले सांस्कृतिक निरन्तरता र यस आप्रवासी समुदायमा भएको परिवर्तन दुवै कुरामा प्रकाश पार्दछ।
ल्हाक्पाको दैनिक डायरी अप्रिलको अन्तिम हप्तामा समाप्त हुन्छ। रोग लगभग निको भइसक्यो र हरेक दिन उनी अझै काम गर्नु आफुलाई चुनौती दिनुहुन्छ। उनीलाई काममा छिटो फर्कनु छ। उनीले मे महिनाको १३ तारिखमा अन्तिम पल्ट रेकर्ड गर्नु हुन्छ। १२ घण्टाको शिफ्टमा काम गरेर फर्कनु भएको ल्हाक्पा असाध्यै थकित हुनुहुन्छ। अन्तमा आनन्दले कष्टलाई उछिन्न थाल्छ। उनी काम गर्ने अस्पतालमा अमेरिकी सशस्त्र सेनाका र अन्य चिकित्सक स्वयम् सेविको आगमनले बिरामीहरुको बढ्दो चापलाई नियन्त्रण गर्न मद्दत गर्दैछ। कोभिडलाई भनेर छुट्टाइएको तल्ला अहिले सामान्य अवस्थामा फर्कदैछ। बिरामीहरु घटे पछि बाँकी भएका बिरामीको स्वास्थ्य सेवाको गुणस्तरमा सुधार आउँछ। पार्कमा सावधानीपूर्वक हिँड्ने बेला, ल्हाक्पाले घर फर्किनु अगाडी घामको आरोग्य किरणमा “सन बाथ” लिनुहुन्छ। बाटोमा पूरै शहर बिस्तारै निको भईरहेको जस्तो देखिन्छ। जीवन बिस्तारै तर सुरक्षित गतिमा चल्दैछ।
फेब्रुअरी २०२१ सम्म ल्हाक्पाले एल्महर्स्ट अस्पतालमा कोभिड टेस्ट र बिरामीलाई हेरचाह गर्नु संगसंगै पार्ट-टाइम शहरभरि खोप प्रदान गर्न विद्यालय, नर्सिङ होम र आवासहीन शरण केन्द्र जस्ता स्थानमा सहयोग पनि पुर्याउदै हुनुहुन्थ्यो। उनी आफैंले पहिलो खोप प्राप्त गरि दोस्रोको पर्खाइमा हुनुहुन्थ्यो। खोप सम्बन्धि शुरु भएको राष्ट्रिय परिचालनले आशा जगाएको छ तर न्युयोर्कको हिमालय समुदायमा शंका पनि पैदा गरेको छ, स्याहार कर्मिहरुले पनि शंखा गर्दैछन्। ल्हाक्पाको र अरु सहभागीका डायरी रेकर्डमा उल्लेखित सन् २०२० को संक्रमणको पहिलो लहरमा भोगेको आघातजनक अनुभवले आउने दशकौं सम्म महामारी र स्वास्थ्य सेवा प्रतिको धारणालाई आकार दिन सक्ला। महामारी सकिसके पछि स्याहार कर्मीलाई धुमधामको परेड सित सम्मानित गर्ने वाचा त गरियो तर स्याहार कर्मीको आफ्नै स्याहारमा देखिएको प्रणालीगत असफलताको कारणले सो उत्सव बावजुद मुखमा तीतो स्वाद चाँही बाँकिनै छ।
Lhakpa was not the only diarist to note challenges surrounding opening up about a COVID diagnosis: fear and uncertainty create fertile ground for stigma. Our corpus of diary entries as well as interviews with community leaders reveal that the rapidly changing nature of knowledge about the novel coronavirus, coupled with challenges of language and translation, concerns about losing employment, and a desire not to worry friends and relatives in New York or home communities, can further exacerbate such silences. Lhakpa is a nurse, trained in “western” biomedicine, and yet she also recognizes how illness is culturally understood. Himalayan frameworks for making sense of misfortune can sometimes link talking about disease —especially engaging in gossip or hearsay— to senses of increased risk and the possibility that hardship will befall you or your loved ones. This is true even as networks of kin and community go to great lengths to offer compassionate care through their actions in hard times, instilling a sense of belonging as well as maintaining concrete social safety nets. Lhakpa’s bravery —her willingness to open up about her illness on social media— and the community support she receives in response, reveal points of cultural continuity and change in this diasporic community.
The daily diaries end in the last week of April, with Lhakpa nearly recovered and challenging herself to do more every day, so she can get back to work. She makes a final entry on May 13. Back from the hospital, Lhakpa is still deliriously tired after working a 12-hour night shift. But finally the joy begins to outweigh the suffering. At the hospital, an influx of medical volunteers, including from the U.S. armed forces, is helping to stem the tide of patients. Floors given over to COVID are returning to normal. Fewer patients result in better care for those who remain. On a careful walk to the park, says Lhakpa, she takes a “sun bath”, basking in a few healing rays before hurrying home. On the way, the whole city seems, slowly, to be recovering, keeping safe while carrying on with life.
As of February 2021, Lhakpa was continuing to take care of patients and give COVID tests at Elmhurst, while also working part-time helping to administer the vaccine at sites across the city, including schools, nursing homes, and homeless shelters. She herself had gotten her first shot and was waiting for the second. The national mobilization around the vaccine has generated hope, but also skepticism, among Himalayan New Yorkers, including care workers. Traumatic experiences from the first wave of infections in 2020, as documented in both Lhakpa’s diaries and others in the corpus, may linger and shape perceptions about epidemics and healthcare for decades to come. For care workers, promised a ticker-tape parade when it’s all over, the systemic failures to care for them may add a bittersweet note to the celebration.
References
Craig, Sienna. 2020. The Ends of Kinship: Connecting Himalayan Lives between Nepal and New York. Seattle: University of Washington Press.
Craig, Sienna, Maya Daurio, Daniel Kaufman, Ross Perlin and Mark Turin. 2021. ‘The Unequal Effects of COVID-19 on Multilingual Immigrant Communities’ Royal Society of Canada COVID-19 Series, #97. https://rsc-src.ca/en/voices/unequal-effects-covid-19-multilingual-immigrant-communities Accessed 29 March 2021.
Gurung, Nawang Tsering, Ross Perlin, Mark Turin, Sienna Craig, Maya Daurio, and Daniel Kaufman. 2020. ‘Himalayan New Yorkers tell stories of COVID-19’ Nepali Times, Issue 1014, pages 8-9. https://www.nepalitimes.com/here-now/himalayan-new-yorkers-tell-stories-of-covid-19/ Accessed 29 March 2021.
Gurung, Nawang Tsering, Ross Perlin, Daniel Kaufman, Mark Turin, and Sienna R Craig. 2018. ‘Orality and Mobility: Documenting Himalayan Voices in New York City’ Verge: Studies in Global Asias 4 (2): 64–80.
Featured Image
नर्स ल्हाक्पा शेर्पा काम गर्ने क्रममा। फोटो सौजन्य डेचेन।
Nurse Lhakpa Sherpa at work. Photo by Dechen
Acknowledgements
This research was assisted by the Social Science Research Council’s Rapid-Response Grants on COVID-19 and the Social Sciences, with funds provided by the SSRC, the Henry Luce Foundation, the William and Flora Hewlett Foundation, the Wenner-Gren Foundation, and the MacArthur Foundation. In addition, the authors gratefully acknowledge support for this research from the Endangered Language Alliance, a Peter Wall Institute Wall Solutions Grant (University of British Columbia), Dartmouth College’s Office of the Provost SPARK Award, and the Claire Garber Goodman Fund, Department of Anthropology, Dartmouth College. The authors wish to thank Priyankar Bahadur Chand for his insightful and professional translation, and the journal editors—Liam Magee, Oznur Sahin and Malini Sur—for their generous encouragement and helpful feedback through the process of submission.
Disclaimer: Translated into Nepali by Priyankar Bahadur Chand. Issues journal shall not be responsible for any inaccuracies or errors, both direct and indirect, in the translation. If any questions arise concerning the accuracy of the information presented by the translated version, please refer to the English content of the same.